देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

देशान्तर

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

सोमबार समाजका अध्यक्ष रामकृष्ण बरालले विज्ञप्ति जारी गर्दै सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै नैतिक रुपमा स्वयंले मार्ग प्रशस्त गर्नु पर्ने धारणा सार्वजनिक गरेको हो । समाजले शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन पनि आग्रह गरेको छ ।


लामिछानेले सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सुनकाण्डमा मुछिएका माओवादी नेतालाई उन्मुक्ति दिएको समाजले जिकिर गरेको छ । यसैगरी नेपाली कांग्रेसको नेतृत्वको नियत पनि आफ्नो परिवारका सदस्यमाथि कुनै छानबिन नहोस भन्ने सौदावाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाएको शान्ति समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।