देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिल्म स्टुडियोका बोर्डलाई साढे २ हेक्टर जग्गा

देशान्तर


काठमाडौं । सरकारले अत्याधुनिक फिल्म स्टुडियो बनाउनका लागि चलचित्र विकास बोर्डको स्वामित्वमा रहने गरी साढे २ हेक्टर जग्गा उपलब्ध गराएको छ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले एक कार्यक्रमका बीच बोर्डका अध्यक्ष भुवन केसीलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेका हुन् ।

जग्गा प्राप्तिपछि बोर्डका अध्यक्ष केसीले अब चाँडै नै स्टुडियो निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढ्ने बताएका छन् । चालू आर्थिक वर्षबाटै निर्माण कार्य सुरू गर्ने गरी टेन्डर प्रक्रिया अगाडि बढाइनेछ । अनुदानको बजेटबाट २ करोड र आन्तरिक बजेटबाट ५० लाख रुपैयाँ बजेटबाट टेन्डर आह्वान हुन लागेको हो । काभ्रेमा बोर्डले निर्माण गर्ने भनेको अत्याधुनिक स्टुडियोको अनुमानित लागत २७ करोड भएको बताइएको छ । स्टुडियोको डीपीआर समेत तयार भइसकेको छ । सरकारले केही वर्षअघि दोलखामा फिल्म सिटी निर्माण गरी सरकारी–निजी साझेदारीमा अघि बढ्ने र काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो बनाइने घोषणा गरेको थियो ।