देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झन् झन् खस्किदो फुटबल

देशान्तर


काठमाडौं । नेपाली फुटबल मैदान भित्रको भन्दा पनि मैदान बाहिरको नतिजाका कारण चर्चामा छ । अहिले फुटबल टिमले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट खेल खेलि रहेको छ । समूह एचमा रहेको नेपाली टोलीको प्रर्दशन विसर्नलायक नै छैन् । स्टार खेलाडीहरु धमाधम विदेश पलायन भएको भइ छन् । जसका कारण नेपाली टिमको प्रदर्शन पनि निकै फितलो हुँदै गएको छ । नेपाली फुटबल टिमले विहीबार राति बहराइनसँग खेल्दा ५–० को नतिजा सुम्पिन पुग्यो । विश्वकप छनोटको दोस्रो चरणको प्रतिस्पर्धामा नेपालले लगातार तेस्रो हार भोगेको छ । नेपालले यसअघि युएई र यमनसँग पनि पराजय भोगेको थियो । पछिल्लो समय अखिल नेपाल फुटबल संघ एन्फाभित्रको राजनीति र चलखेलले गर्दा पनि नेपाली टोलीले नतिजा उत्कृष्ट निकाल्न सकेको छैन ।


नेपाली फुटबलको नियामक निकाय एन्फाको स्वार्थ र उदासीनताले नेपालले घरेलु मैदानमै खेल्नु पर्ने खेल विपक्षीकै मैदानमा खेल्नु पर्ने बाध्यता आउनुलाई अझ धेरैले निको मानेका छैनन् । नेपालको एकमात्र अन्तर्राष्ट्रिय मैदानमा, फुटबल बाहेक अरु प्रतियोगिता गराउन दिँदाको नतिजा अहिले नेपाली फुटबल समर्थकले भोगि रहेका छन् । आफ्नै देशको रंगशालामा बसेर विश्वकप छनोट हेर्ने नेपालको चाहनामा तुषारापात मात्रै भएको छैन, हाम्रो खेलकुदको नेतृत्व गर्नेहरु कस्ता नालायक छन् भन्ने पनि प्रष्ट पारेको छ । घरमा खेल्न पाउँदा आफ्ना समर्थकको चर्को साथमा दौडिँदाको जोस बेग्लै हुने कुरा नेपाली राष्ट्रिय टिमले नै विगतमा थुप्रै पटक प्रमाणित गरिसकेको छ । तर, यसपालि एन्फाले राष्ट्रिय टिमलाई घरेलु समर्थक र मैदानको साथमा गौरवमय प्रदर्शन गर्ने अवसरबाट वञ्चित गरेको थियो । नेपाली फुटबलप्रेमीसँग आफ्नै घरमा आफ्नो टिमले खेल्दा समर्थन गर्ने मौका पनि खोसेको थियो ।

हो, दशरथ रंगशालाको स्याहार सुसार गर्ने जिम्मा एन्फा र राष्ट्रिय खेलकुद परिषद् राखेपको हो । तर, यी दुई संस्थाबीच आपसी तालमेल नमिल्दा रंगशालामा रग्बी मात्रै होइन, भालेकप जस्ता प्रतियोगिता पनि आयोजना हुँदा मैदान अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न योग्य भएन । यसको जिम्मेवारी अब कसले लिने अहिले आम फुटबल समर्थकहरुले प्रश्न गरिरहेका छन् । अझ नेपाली टोली बहराइन जाँदा अनावश्यक पदाधिकारीहरुको भ्रमणले पनि एन्फा, राखेप र युवा तथा खेलकुदमन्त्रालयको बीचमा विवाद सिर्जना भएको छ । राखेप र मन्त्रालयको निर्देशन अवज्ञा गर्दै एन्फाका पदाधिकारीहरु विदेश शयरमा गएको विषयले आगामी दिनमा अझ कस्तो रुप लिने हो त्यो भने हेर्न बाँकी नै छ । नेपालले अब चैत १३ गते फेरि बहराइनसँग खेल्ने छ ।