देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्षमानको नक्कली दावी

देशान्तर


काठमाडौं सिथिल अर्थतन्त्र भएका बेला माओवादी केन्द्रका नेता वर्षमान पुन अर्थमन्त्रालय सम्हाल्न आइपुगेका छन् । १३८ किलो सुनकान्ड लगायतका विषयमा मुछिए पनि मुद्दा फितलो बनाउँदा आरोपितहरु धरौटीमा रिहा भए भने पुनको नाम नै गायव पारिए पछि अहिले मन्त्रीको कुर्सीमा बसेका छन् । यसअघि कांग्रेस नेता डा. रामशरण महत अर्थमन्त्री भएका बेला माओवादीले जथाभावी गर्न नपाएपछि नयाँ गठबन्धन बनाएर पुनलाई अर्थमन्त्री बनाइएको छ । पहिला देखि नै माओवादीले ढुकुटी रित्याउनका लागि पहल गरे पनि महतले नमान्दा जोगिएको सरकारी ढुकुटीको पैसा रित्याउने खेलमा आएको १० दिनमै मन्त्री पुन लागेका छन् ।

पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्बभन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको दाबी गरेका छन् । ‘खर्चको पार्टमा हामीले अलिकति समस्या हुँदाहुँदै पनि म आउनेबित्तिकै झण्डै ३० अर्बभन्दा बढी पेन्सन, सामाजिक सुरक्षा भत्तामा पठाउने निर्णय गरी पठाइसकेका छौँ,’ उनले भने । नेपाल आर्थिक पकार संघ (नाफिज) सँगको भेटघाटमा पुनले उपभोक्ताको किन्न सक्ने क्षमता बढाए अर्थतन्त्र चलायमान हुने विश्वासका साथ मन्त्रालय सम्हालेलगत्तै बजारमा रकम पठाउन थालेको दाबी गरेका थिए ।


दुग्ध किसानहरूको मनोबल बढाउन दूधको भुक्तानीका लागि गत आइतबार मात्रै ३० करोड रकम पठाइसकेको बताएका उनले पछिल्लो सार्वजनिक खरिद नियमावलीको संशोधनपछि कम्तीमा ४० अर्बको दायित्व थपिने समस्या हुँदाहुँदै पनि आफूले पुँजीगत खर्च भइसकेका र बिल भुक्तानी गर्नुपर्ने ठाउँमा भुक्तानी गरेरै छोड्ने प्रतिबद्धतासहित काम अघि बढाएको दावी गरे ।