देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १६ देखि

देशान्तर


काठमाडौं । चैत १६ देखि २० गतेसम्म हेरिटेज गार्डेन सानेपामा चल्ने सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने मेला बारे उद्यमी महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका पहिरनका साथ ¥याम्प वाक पनि गरिनेछ । हस्तकलाको महत्त्व दर्शाउन सम्पूर्ण अवलोकनकर्ताहरुलाई हस्तकलाका उत्पादनको प्रत्यक्ष अवलोकनको अवसर प्रदान गरिनेछ । यस व्यापार मेलामा नव महिला उद्यमी, अपाङ्गता भएका महिला उद्यमीहरूका लागि पनि स्टलको व्यवस्था गरिएको छ ।

मेलामा ५० हजार अवलोनकर्ता आउने र पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ । मेलामा विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य रहेको छ् । अध्यक्ष शोभा ज्ञवालीले मेलाले उद्यमी महिलाहरूको सिपलाई अगाडि ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सघाउ पु¥याउने विश्वास व्यक्त गरेकी छन् ।

महासंघकी प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा जम्मा ११२ वटा स्टलहरू रहनेछन् । मेलामा स्वदेशका महिला उद्यमी लगायत भारत, पाकिस्तान, बङ्गलादेश लगायतको मुलुकका महिला उद्यमीहरूका उत्कृष्ट उत्पादनहरू पनि किन्ने र अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।
त्र