देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लाभको पदमा बसेका राजनीतिकर्मी र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न लोसपाको माग

देशान्तर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विगतदेखि अहिलेसम्म लाभको पदमा बसेका राजनीतिकर्मी र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न माग गरेको छ । महोत्तरीको बर्दिबासमा बसेकोे केन्द्रीय कमिटी बैठकको निर्णय सार्बजनिक गर्दै लोसपाले भारतसँग भएको विद्युत् व्यापार सम्झौताको स्वागत गर्दै चीनसंगको बिआरआई सम्झौता नेपालको हितमा नभएको ठहर गरेको छ ।

यस्तै अगामी ६ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले वर्तमान संविधान संशोधन, आमाको नामबाट नागरिकता प्रदानसहितका नागरिकता समस्या समाधान गर्न र मधेश आन्दोलनकारीमाथि लगाएको झुटा मुद्दा फिर्ता लिनुपर्ने माग सरकारसँग गर्ने पनि निर्णय गरेको छ । यस्तै कृषिको उत्थानको लागि किसानहरूलाई समयमा मल, उन्नत बीउ, विषादी र मलमा उचित अनुदान दिन लोसपाले सरकारसँग माग गरेको छ ।