देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाजामा ‘तत्काल युद्धविराम’ का लागि प्रस्तावित मस्यौदा अमेरिकाद्वारा परिचालित : ब्लिन्केन

देशान्तर


काठमाडौं । गाजा क्षेत्रमा बन्धक बनाइएकाहरूको रिहाइसँग जोडिएको युद्धविरामको तत्काल माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावको मस्यौदा संयुक्त राज्य अमेरिकाले परिचालित गरेको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । इजरायल र हमासबीचको युद्धबारे छलफल गर्न साउदी अरबको भ्रमणका क्रममा बुधबार साँझ साउदी सञ्चारमाध्यम अल हदाथसँग कुरा गर्दै उनले भने “मलाई लाग्छ यसले कडा तथा सन्देशमुलक सङ्केत दिनेछ ।”
इजरायलको मुख्य समर्थक संयुक्त राज्य अमेरिकाले यसअघि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को भिटो प्रयोग गरी प्यालेस्टिनी भूमिमा तत्काल युद्धविरामको आह्वान गर्न राष्ट्रसङ्घलाई रोकेको थियो ।

उनले भने, “निःसन्देह, हामी आफ्नो रक्षा गर्ने इजरायलको अधिकारको साथमा छौँ । युद्धबाट हानि व्यहोरेका र धेरै पीडित प्यालेस्टिनीको समस्या समाधानमा हामी ध्यान केन्द्रित गर्दछँैं, उनीहरूलाई प्राथमिकता दिन्छौँ, नागरिकहरूको सुरक्षा गर्छौं, उनीहरूलाई मानवीय सहायता प्राप्त गर्छौं । ब्लिन्केनले बुधबार साउदी अरब पुगे लगत्तै राजकुमार मोहम्मद बिन सलमानसँग वार्ता गरेका थिए । उनले साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फरहानसँग पनि भेटवार्ता गरेका थिए । उनि बिहीबार इजिप्ट र त्यसपछि इजरायलमा पुगी उहाँले वार्तालाई जारी राख्ने बताइएको छ । गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता मध्यपूर्वका लागि उनको यो छैटौं भ्रमण हो ।

ब्लिन्केनको यो भ्रमणको शिलशिला कतारमा भएको वार्तासँग मिल्दोजुल्दो छ । साउदी अरबमा युद्धविरामको लागि नयाँ प्रयासमा बुधबार तेस्रो दिन मध्यस्थहरूको बैठक भएको थियो तर सम्भावित सम्झौताको कुनै सङ्केत भने देखिएको छैन । प्यालेस्टिनी कैँदीहरूका लागि बन्धकहरूको आदानप्रदान हुने र राहत सामग्रीहरूको वितरणलाई तीव्र पारिएको कतारमा भएको छलफलले लडाइँ रोक्ने अस्थायी योजनामा सहमति गरेको थियो ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजामा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्ध सुरु भएको थियो भने हमासको आक्रमणमा इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो ।
लडाकूहरूले लगभग २५० बन्धकहरूलाई पनि कब्जामा लिएका थिए बन्धकमध्ये १३० जना गाजामा रहेको इजरायलको विश्वास छ र उनीहरूमध्ये ३३ जना मारिएका अनुमान गरिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले हमासविरुद्ध प्रतिशोधात्मक आक्रमण गरेको छ जसमा करिब ३२ हजार मानिसको मृत्यु भएको छ र आक्रमणमा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको छ ।