देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानमा ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु भएको आशङ्का

देशान्तर


काठमाडौं। दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन् ।

मङ्गलबार साँझ क्वेटाबाट ८० किलोमिटर पूर्वमा रहेको खोस्टको खानी क्षेत्रको निजी कोइला खानीमा ग्याँस विस्फोट भएको र १० जना जमिनबाट करिब आठ सय फिट गहिराइमा फसेका थिए ।

उद्धार टोलीले राति नै दुईवटा मृत शरिरलाई भग्नावशेषबाट निकालेको थियोे । खानीमा बाँकी कामदारहरू जीवित हुन सक्ने सम्भावना क्षीण रहेको तर वेपत्ता सबैको उद्धारको प्रयास भइरहेकोे छ ।
खानीमा कार्बन मोनोअक्साइड ग्यासको सञ्चयले विस्फोट हुँदा खानी भासिएको जनाइएको छ ।