देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम :आफूहरूसँग यथेष्ट प्रमाण रहेको कांग्रेसको दाबी

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद ईश्वरी न्यौपानेले लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिएको बताउँदै उनीनैतिक, राजनीतिक र कानुनी प्रश्नबाट घेरिएको बताइन् ।

उनले प्रधानमन्त्रीले न्यायाधीश जसरी लामिछानेलाई सफाइ दिएको भन्दै आपत्ति व्यक्त गरिन् । सरकारले संसदीय छानबिन समिति नबनाए सरकारले संसद् बन्द गर्न चाहेको रूपमा कांग्रेसले बुझ्ने उल्लेख गरिन् । सांसद न्यौपानेले गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति पनि आपत्ति जनाइन्।
कांग्रेसले आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको छ । उनले प्रधानमन्त्रीले प्रमाण छैन भने पनि आफूहरूसँग यथेष्ट प्रमाण रहेको दाबी गरिन्।