देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आगलागीले मृत्यु भएका परिवारलाई प्रदेश सरकारको एक लाख रुपैयाँ सहयोग

देशान्तर

भोजपुर । आगलागीका कारण मृत्यु भएका भोजपुरका तीन बालबालिकाका परिवारलाई कोशी प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीले सम्बन्धित प्रदेशसभा क्षेत्रका सांसदहरूसहित आगलागी भएको क्षेत्रमा पुगेर स्थगलत अवलोकन गर्दै पीडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।

मंगलबार मुख्यमन्त्री कार्की प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्र पुगेका थिए । त्यसक्रममा प्रदेश सरकारकातर्फबाट राहत वितरण गरे ।

३ चैतमा हतुवागढी–७ को पात्लेपानीमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको थियो ।

आगलागीले पाँच वर्षीय प्रतिष कार्की, सात वर्षीय दिप्सिका कार्की र तीन वर्षीय दिनेश कार्कीको मृत्यु भएको थियो ।