देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली द्धारा रविको बचाउ

देशान्तर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ ।


मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको दाबी गरे । उनले लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको तर्क गरे ।
ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुन सक्ने संकेत गरे ।

उनले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडि नसरेको बताए । कम्युनिस्ट एक हुन लागेको हो भन्ने प्रश्नमा उनले विकास हुनुपर्छ भन्ने शक्ति एक ठाउँमा उभिएको बताए ।