देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले आज पनि सदनमा माग्यो गृहमन्त्री राजीनामा

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले आज पनि सदनमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दीपक गिरीले सहकारी ठगीमा प्रकरणमा अनुसन्धान भइरहेकै व्यक्ति गृहमन्त्री बनेपछि निष्पक्ष अनुसन्धानमा आशंका बढेको बताए ।
पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले माघ २२ गते बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र माओवादी विद्यार्थी दीपेश पुन सहित १८ विरुद्ध उजुरी दिएको उनको भनाई छ । उनले आफैंले आफैंलाई कारवाही गरेको नजिर नभएको उल्लेख गर्दै मुद्दालाई प्रभावित गर्ने तवरले अघि बढ्ने कानूनी राज्यमा सुहाउँदो नभएको भन्दै आपत्ति जनाए।
तत्कालीन गृहमन्त्रीले यस विषयमा अनुसन्धान निर्देशन दिए पनि सत्ता समीकरण बदलिएपछि अहिले जोविरुद्ध अनुसन्धान गर्नुपर्ने हो त्यही व्यक्ति गृहमन्त्री बनेको गिरीले आरोप लगाए । उनले स्वार्थको द्वन्द्व हुने गरी प्रधानमन्त्रीले लामिछानेलाई किन गृहमन्त्री नियुक्त गरेको भन्दै प्रश्नसमेत गरे ।