काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिटलाई सर्बोच्चले लगाउमा राख्न आदेश दिएको छ ।
सोमबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लगाउमा राखी पेश गर्न आदेश दिएको हो ।
उच्च अदालतबाट पुर्पक्षमै राख्ने आदेश भएकोमा उक्त आदेश वेरितको रहेको भन्दै बदर गरी थुनामुक्त गरिपाउँ भनी पाण्डेले रिट दायर गरेका थिए ।
प्रतिक्रिया