देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चारदिने भ्रमणका लागि आइसीसीका अध्यक्ष ग्रेग बार्क नेपालमा

देशान्तर


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क काठमाडौं आइपुगेका छन् । भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौंको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई नेपाल क्रिकेट संघ क्यानका दाधिकारीले स्वागत गरेका छन् । अध्यक्ष बार्कलाई स्वागत गर्नका लागि क्यानका उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का पनि विमानस्थल पुगेका थिए ।

चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री बर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ र क्रिकेट संघका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।
अध्यक्ष बार्कले मंगलबार क्यानका बोर्ड सदस्यहरुसँग छलफल गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको पनि भ्रमण गर्ने छन् । यसैगरी बुधबार उनलाई माउन्टेन फ्लाइट गराउने तयारी क्यानले गरेको छ भने स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपाको भ्रमण गर्ने छन् । यसैगरी मंगलबार नै, प्रधानमन्त्री, अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री, राखेप सदस्यसचिवसहितको भेटवार्ता तय गरिएको छ । उनी विहीवार विहान काठमाडौंबाट नयाँ दिल्ली नै फिर्ता हुने छन् । भारतमा शुक्रबारबाट सुरुहुन लागेको इन्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी भएर आफ्नो देश फिर्ता हुने जनाइएको छ ।