काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।
यसैबीच विद्युतीय सिगरेट (भेप)मार्फत गरिएको तस्करीको नौ किलो सुन चोरी प्रकरणमा जोडिएका एक भारतीय नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा नचलाई छाडेको खुलेको छ ।
भारतको महाराष्ट्रस्थित साङलीथाना आटपाडी घर भई काठमाडौंमा बस्दै आएका नन्दकुमार पाडुरङ मरगलेलाई सीआईबीले मुद्दा नचलाई छाडेको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया