काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को डा.बाबुराम भट्टराई पक्षले महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता पार्टीको नीतिविपरीत भएकाले पार्टीले मान्यता नदिने निर्णय गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा बसेको नेसपाको केन्द्रीय कार्यकारिणी बैठकले पार्टीको नीतिविपरीत स्वार्थका आधारमा केही नेताहरूले माओवादीसँग पार्टी एकता गरेको भन्दै त्यसको कुनै मान्यता नहुने निर्णय गरेको हो ।
देशको अग्रगमनका लागि कार्ययोजनासहित अघि बढ्ने र थप निर्णय सोमबार बस्ने केन्द्रीय समिति बैठकले गर्ने नेसपाले जनाएको छ ।
प्रतिक्रिया