देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशमा आएको संकट समाधानका लागि कांग्रेस–एमाले एक हुनुपर्छ : बद्री पाण्डे

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका सांसद बद्रि पाण्डेले देशमा आएको संकट समाधानका लागि कांग्रेस–एमाले एक हुनुपर्ने बताएका छन् । आइतबार संघीय संसदन भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशमा आएको संकट समाधान र व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस–एमाले एक हुनुपर्ने बताएका हुन् ।

यद्यपि, कांग्रेस वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने पक्षमा नरहेको उनको भनाइ छ । सरकार परिवर्तन नगरी देशमा आएका संकटको समाधानका लागि कांग्रेस–एमाले मिल्नुपर्ने सांसद पाण्डेको विचार छ । 


व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेकोले कांग्रेस–एमाले एकजुट हुनुपर्नेमा जोड दिएका उनले अहिलेको राजनीतिक व्यवस्थाको कांग्रेस–एमाले संस्थापक पार्टी भएकाले यसप्रति उठेका प्रश्नको जवाफ दिनुपर्ने बताए ।