देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपाद्वारा सहायक महामन्त्री सहित तीन जना निलम्बित

देशान्तर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी तीन जनालाई पार्टीबाट निलम्बन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष बुद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बमलाई निलम्बन गरेका हुन् ।


घटनापछि कार्यसम्पादन समितिले पार्टीको अनुशासन समितिलाई छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिएको थियो । अनुशासन समितिले बुझाएको प्रतिवेदन अनुसार उनिहरुलाई निलम्बन गरिएको हो ।