देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुष्पा खनालको गीत ‘माया केवल माया’मा शीतल

देशान्तर


काठमाडौं । कवि तथा गीतकार पुष्पा खनालको गीत ‘माया केवल माया’को फिमेल डोयट भर्सन शुक्रबार सार्वजनिक भएको छ ।
अञ्जु पन्त र सरोज कोइरालाको स्वर रहेको गीतको संगीत पनि कोइरालाले नै गरेका हुन् भने संगीत संयोजन गोविन्द मधुर आचार्यले गरेका हुन् ।
सार्वजनिक भएको गीतको भिडियोमा नायक शीतल केसी र मोडल चन्द्रकुमारी राईको अभिनय छ । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले रंग संयोजन र सम्पादन गरेका हुन् । वरिष्ठ नृत्य निर्देशक राजु शाहले कोरियोग्राफी र क्रियटिभ निर्देशकको भूमिका निर्वाह गरेको भिडियोको निर्देशन भने गोपाल ढकाल छन्देले गरेका हुन् ।