देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँसबारीको १० रोपनी जग्गा सरकारको मातहतमा ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन

देशान्तर

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहतमा ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।
गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहितलाई आइतबार गृहमन्त्री लामिछानेले सो निर्देशन दिएका हुन् । यसका लागि आइतबारबाटै प्रक्रिया थाल्न सम्बन्धित् पक्षलाई उनले निर्देशन दिएका हुन् ।
साथै उनले सुन तस्करी काण्डमा मुछिएका र जाँचबुझ आयोगले दोषी किटान गरेका माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरा सहितका व्यक्तिहरूमाथिको कारबाही प्रक्रियाअघि बढाउन निर्देशन दिएका छन् ।