देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस महासमितिमा देखा परेका तीन धार


यही फागुन १० का दिन समापन भएको महासमिति बैठकपश्चात् वैचारिक चस्मा पहिरेर नियाल्दा कांग्रेसभित्र निम्न तीन धार देखापर्छ- १) उपयोगवादी, २) पुरातनवादी, तथा ३ ) परिवर्तनकारी । लेख यिनै तीन विषय केन्द्रित गरिएको छ । 

उपयोगवादी 

विश्वेश्वरप्रसाद कोइराला (बीपी)को लक्ष्य कांग्रेस दलको माध्यमबाट देशको मुहार फेर्ने थियो । यदि दललाई माध्यम बनेर उहाँ राष्ट्रलाई उन्नति पथमा अग्रसर तुल्याउन लागि पर्नुभयो । विगत तीन दशकदेखि तिनै बीपीले निर्माण गरेका दलको एउटा ठूलो पंक्ति सत्ताप्राप्तिका निमित्त दललाई उपयोग गर्न अभ्यस्त छ । यस वैचारिक समूह सदस्य स्थानीय तहदेखि केन्दीय तहसम्म फैलिएको छ । उनीहरूका निमित्त नेपाली कांग्रेस सत्ताको भ¥याङ चढ्ने माध्यम हो । यही कारण दलमा कुनै जिउँदो मुद्दा छ भने त्यो हो नेता कार्यकर्तालाई राज्य सञ्चालनको अंगहरूमा ‘फिट’ गर्ने । 

निश्चय पनि राजनीतिमा समर्पित पात्रले निमित्त सत्तासीन हुने लक्ष्य राख्नु अथवा आफैंमा कुनै नौलो विषय होइन । न त यो खराब धारणा नै हो । त्याग र बलिदानपूर्ण इतिहासको भारी बोकेको दलको अधिकांश नेता कार्यकर्ताले सत्तासीन हुन मरिहत्ते गर्नुको कारण सत्तासीन हुँदा पाइने सुखसुविधा हुन पुगेको छ । सत्तासीन भएपछि मात्र राज्यको स्रोत तथा साधन माथि रजगज गर्न पाइन्छ भन्ने आम बुझाइ छ । सत्तासीन हुँदा स्वयम्ले मात्र नभएर आफन्तजनको समेत राष्ट्रिय स्रोत तथा साधनमा पहुँच हुन्छ । वर्तमान कालखण्डमा आफन्तको परिभाषा पÞmरकिलो भएको छ । परिवार सदस्यलगायत, कोठा चोटामा प्रवेश पाउने तथा निहित स्वार्थ समूहलाई आफन्त गनिन्छन् । तिनको स्वार्थहित रक्षाका निमित्त सत्तासीन हुनु अनिवार्य छ । त्यसकारण दललाई उपयोग गर्ने समूहको पछाडि आफन्तहरूको स्वार्थ बलियोसँग गाँसिएको हुन्छ । 

यथास्थितिको निरन्तरता नै लाभप्रद हुन्छ उपयोगवादीका निमित्त । यथास्थिति कायम रहुञ्जेल तिनले राज्य सञ्चालन गर्दा भए गरेका गलत कार्यहरूलाई लुकाउने सुविधा पाउँछन् । दलगत सुधार अथवा परिवर्तनले तिनको पकड क्षमतामा ह्रास आउने प्रबल सम्भावना हुन्छ । परिवर्तनले तिनको स्वार्थहितमा प्रतिकूल असर पर्ने जोखिम बढाउँछ । त्यसकारण उनीहरू जसरी हुन्छ दलमा यथास्थिति कायम गर्न मरिमेटेर लागि पर्छन् । यथास्थिति रहुञ्जेल समूहकै स्वार्थहितको रक्षा हुने हुनाले यो समूह मजबुत छ तथा सञ्जाल देशभरि फैलिएको छ । महासमितिको तीनदिने बैठक चलुन्जेलसम्म नेपाली कांग्रेस नेतृत्वलाई खड्गप्रसाद ओली तथा पुष्पकमल दाहालबीचको गहिरिँदै गएको सम्बन्धका विषयमा कुनै ज्ञान थिएन । त्यसकारण गठबन्धनको आलोचना त परै जाओस् यस विषयमा चर्चा, परिचर्चा गर्नसमेत एक प्रकारको बन्देज लगाउन यो समूह सफल रह्यो । 

आखिर बैठक समापन भएलगत्तै जसो गठबन्धनको स्वरूप भताभुतुंग भयो । “हिस्स बुढीको खिस्स दाँत” पुष्पकमल दाहाललाई पुनः एक पटक सफलता मिल्यो । जुन नेता पुष्पकमल दाहालको मोहजालमा फसे आज तिनै छाती पिटीपिटी दाहालले धोखा दिए भनेर रुन थालेका छन् । धोखेबाजसँग अंकमाल गरेपछि धोखा पाउनु अस्वाभाविक थिएन । रोदनको कुनै औचित्य छैन । माननीय सांसद एवं नेपाली कांग्रेस दलका प्रमुख सचेतकका अनुसार दाहालले एक दर्जन पटक धोखा दिइसकेका छन् । नेपाली कांग्रेस दलमा जवाफदेहिता तथा उत्तरदायित्वविहीन संस्कार यस्तरी मौलाएको छ कि जोखिम उठाएर प्रमाणित धोकेबाजसँग अंकमाल गर्दा दलले व्यहोर्नु परेको क्षतिका विषयमा कसैले पनि जिम्मेवारी बहन गर्नु पर्दैन । चिच्याइचिच्याइ “कांग्रेस भनेको माओवादी तथा माओवादी भनेको कांग्रेस” भन्ने नेता, समन जारी गरेर माओवादी उमेदवारविरुद्ध उम्मेदवारी दर्ता गर्न निषेध गर्ने तथा कांग्रेसजनलाई माओवादीको पक्षमा प्रचारप्रसार गर्न खटाउने नेतृत्व सबैले माफ पाउँछन् यस दलमा । दलका कार्यकर्तालाई शिर निहु¥याउनुपर्ने बाध्यात्मक अवस्थामा पु¥याउने तथा समग्रमा दलले व्यहोरेको क्षतिको क्षतिपूर्तिका निमित्त कसैले पनि जवाफदेही हुनु पर्दैन । 

दललाई उपयोग गर्ने पात्र तथा तिनको सञ्जाल फैलिएको हुनाले गर्दा उनीहरूविरुद्ध कोही पनि बोल्ने हिम्मत गर्दैनन् । सत्ताप्राप्ति सपना सोम शर्माको घैंटोमा परिणत भएपछि उनीहरू “धोखा खानेहरूबीचको गठबन्धन” गर्न खटिन थालेका छन् ।

दलको साख जतिसुकै गिरे पनि उपयोगवादीहरूलाई “छु” मतलव । 

पुरातनवादी

यस बैठकमा बीपीको महिमा गान गर्ने तर इतिहासको पांग्रालाई उल्टो दिशातर्फ घुमाउन अविरल प्रयास गर्ने समूह पनि देखा प¥यो । यस समूहले धर्मको नारालाई कांग्रेसभित्र जबर्जस्ती प्रवेश गराउने प्रयास ग¥यो । नेपालको संविधान २०७२ घोषणा गर्ने दलले उक्त संविधानको प्रमुख उपलब्धिलाई उल्टाउने प्रयास गर्नु आफैंमा एक बिडम्बना सिवाय अर्को के हुन सक्छ ? त्यसो त कांग्रेसजनले “गर्बिलो इतिहास बोकेको दल” को बखान गर्दा आफ्नो दलको नेतृत्वमा संविधान मस्यौदालाई संविधानसभा द्वारा अनुमोदन गर्न सफल तुल्याएको तथा संविधानको घोषणा गर्ने कार्य गरेको भन्न चुक्दैनन् । 

बुद्ध जन्मभूमि भनेर गर्व गर्ने राष्ट्र नेपाल केवल हिन्दुहरू मात्रको राष्ट्र कहिले पनि थिएन । यो भूमि बहुधर्मावलम्बीको संगमस्थल थियो र छ । हिन्दु राष्ट्र घोषित हुँदा पनि सबै नेपालीले हिन्दु धर्मलाई नै अपनाएका थिएनन् । त्यसैगरी धर्म निरपेक्ष राष्ट्रको संवैधानिक प्रावधानले कुनै हिन्दु धर्मावलम्बीको अधिकार हनन् गरेको छैन । हिन्दु राष्ट्र घोषणा गर्ने मागअघि सार्नेले भोलिका दिनमा राजतन्त्र पुनस्र्थापनाको माग गर्दैनन् भन्ने कुनै आधार छैन । यस मागले निश्चय पनि नेपाली कांग्रेसलाई पूर्व पञ्चहरूको सामीप्यमा पु¥याएको छ । हिन्दुस्थानका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रिझाउन सफल भएको छ । देशलाई भने अर्को चरणको हिंस्रक द्वन्द्वतर्फ घचेट्ने सम्भावना पनि प्रचुर छ । धन्न यस मागको बैठकमा कुनै सुनुवाइ भएन । 

परिवर्तनकारी

नेपाली कांग्रेसको स्थापित पहिचान हो परिवर्तनकारी शक्ति । स्थापनकालदेखि हालसम्म कांग्रेसभन्दा साथै सर्वसाधारणले राजनैतिक, आर्थिक, न्यायिक तथा सामाजिक क्षेत्रहरूमा परिवर्तनकारी शक्ति भन्ने बुझाइ राख्दै थिए । लोकतन्त्रको पुनस्र्थापनापछिको कालखण्डमा यो पहिचान धमिलिन थाल्यो । त्यसका साथै कांग्रेसको लोकप्रियता ओरालो उन्मुख हुन थालेको हो । कांग्रेसले प्रगतिशील एजेन्डा त्यागेपछिदेखिनै हो नागरिकसँगको सम्बन्धमा धाजा देखा पर्न थालेको छ । आजका दिनसम्म आइपुग्दा नेपाली कांगे्रसलाई यथास्थितिवादी दलको रूपमा नागरिकले ग्रहण गर्छन् । दलको धमिलिएको छविलाई संग्ल्याउनका निमित्त नेपाली कांगे्रसमा परिवर्तन नितान्त खाँचो छ । एक्काइसौं शताब्दीको दोस्रो दशक पार गरिसकेको देशका सामुन्ने डुंगुर चुनौतीहरू खडा भएका छन् । तिनको सम्बोधन बीसौ शताब्दीमा प्रतिपादन गरिएका समाधानका उपायहरूले सम्बोधन गर्न सक्दैन । संगठनात्मक ढाँचामा परिवर्तन, दलले अख्तियार गर्दै आएका नीतिह मा आमूल परिवर्तनको आवश्यकता छ । 

महासमिति बैठकमा माननीय सदस्य एवं महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यक्रमले डी रेल भएको दललाई पुनः लिगमा ल्याउने खाका कोरेको पाइन्छ । उपयोगवादी यथास्थितिलाई निरन्तरता दिन चाहान्छन् । पुरातनवादीले दललाई संकीर्ण तुल्याउने प्रयास गर्ने नै छन् । यदि उनीहरू सफल रहे भने सुनौलो इतिहास भएको दल इतिहासकै पन्नामा रहनेछ । कांग्रेसलाई चलायमान दलको रूपमा पुनस्र्थापन गर्नका निमित्त यस दलमा देखा परेका संगठनात्मक, संरचनात्मक सुधार आवश्यक छ । कार्य पद्धतिमा सुधार गरिनु अनिवार्य छ । विगतमा हासिल भएका उपलब्धिबाट रमाउने प्रवृत्तिलाई वर्तमानमा देशका सामुन्ने खडा भएका चुनौतीको सामना गर्न सक्षम दल निर्माण आवश्यक छ । वर्तमान कालखण्डको चुनौतीको सामना गर्न सक्षम दलले नै हो राष्ट्रको भविष्य उज्ज्वल तुल्याउनेछ ।