देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंमा सवारी दुर्घटना, एक जनाको मृत्यु

देशान्तर

काठमाडौं। काठमाडौंमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कागेश्‍वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।