देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भट्टराई नेतृत्वको नेसपा विभाजित

देशान्तर

काठमाडौं । माओवादीको चुनाव चिन्ह बाट चुनाव लडेर जितेका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइरहेका बेला डा.बाबुराम भट्टराई नेतृत्वको (नेसपा) विभाजित भएको भएको छ । विभाजित पक्षको नेतृत्व गर्दै महिन्द्र राय यादवले माओवादी केन्द्रसँग पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् ।
शनिवार पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति गरेको हो । सहमतिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले पार्टी एकता गर्ने सहमति गरेको र एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनले टुंगो लगाउने विज्ञप्तिमा उल्लेख छ ।नेसपाबाट प्रतिनिधिसभामा महिन्द्र यादवसहित २ सांसद छन् । त्यस्तै वागमती र गण्डकी प्रदेशसभामा पनि एक एक सांसद छन् ।

भट्टराई निकटका नेताहरूले माओवादीमा प्रवेश गर्न चाहेकाले संवाद गरेको आरोप लगाएका छन् । नेसपाका कार्यालय प्रमुख रोशन पोखरेलले अहिले पार्टीगतरूपमा माओवादीसँग एकताको संवाद नै हुन नसक्ने बताएका छन । भट्टराईबिनाको बैठकको औचित्य नरहेको उनको भनाइ छ । भट्टराईले पार्टीको कार्यकारिणी समिति बैठक आइतबार र सोमबारका लागि बोलाएका छन् । तर, यादव पक्षले बैठक नै नरहेको भन्दै विज्ञप्ति जारी गरिसकेको छ ।