देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

देशान्तर

सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको बताइएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको प्रहरी टोलीले माओवादी निकटअनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका दिपेसलाई शुक्रबार धापासीबाट पक्राउ गरेको जनाएको छ ।

६१ किलो सुन तस्करी प्रकरणका आरोपी बेल्जियन नागरिक दावा छिरिङसँग उनको सम्पर्क देखिएपछि सुन जाँचबुझ आयोगले पुनसँग बयान लिएको समेत लिएको थियो ।

सुन तस्करीसम्बन्धी जाँच आयोगले बिहीबार  गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको गृह मन्त्रालय स्रोतले बतायो ।

ग्त साउन ३ गते विमानस्थलबाट जाँच पास भए पछि बरामद भएको सुन करीब १०० किलो रहेको राजस्व अनुसन्धान विभागले अनुमान गरेको थियो ।  पछि  ‘ब्रेक शू प्याड’ बाट निकालेर जोख्दा सुनको तौल ६० किलो सात सय ८९ ग्राम मात्र भएको थियो ।