देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र “द्रौपदी” को डोल्पामा छायांकन शुरु

देशान्तर

काठमाडौँ । ऋषिराज आचार्यको निर्देशनमा बन्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र “द्रौपदी” को छायाङ्कन डोल्पामा सुरु भएको छ । बिहीबार डोल्पाको दुनै स्थित कालिका मन्दिरमा मुहूर्त गरेर छायाङ्कन सुरु गरिएको हो । चलचित्र द्रौपदी अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भइरहेको निर्माण समूहले जनाएको छ ।
चलचित्रको स्क्रिप्ट करिब ४ वर्षको समय लगाएर लेखिएको निर्देशक आचार्यले जानकारी दिएका छन् ।


चलचित्रमा आश्विनी शाही , रवि ओड , कविराज भाम , जेएलसन अधिकारी , सुजाता तिमल्सिना , विष्णु ठडराई ( सुवास ) , प्रकाश ज्ञवाली ,सीता पौडेल , सुरज अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रमा रवि ओडको सङ्गीत रहेको छ । विमला भुसालले निर्माण व्यवस्थापन गरिरहेको चलचित्रलाई मोहन कुमार झिल्लु खिचिरहेका छन् । निर्देशक आचार्य , कलाकार ठडराई (सुवास ) , र ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह निर्माता रहेको चलचित्रमा कथा, पटकथा, संवाद ,गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ ।


चलचित्रको एउटा गीत रेकर्डिङ भैसकेको छ । आचार्यले यस अघि मिस्टेक, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाई लग्यो झिल्केले, ड्रिमगर्ल, , चुरीफुरी लगायतका चलचित्र निर्देशन गरिसकेका छन् । उनले नेपाली चलचित्र विश्वसामु चिनाउन विशुद्ध नेपालीपन भएको, मौलिक कथामा आधारित, नेपाली संस्कृति, प्राकृतिक सुन्दरता झल्कने चलचित्र निर्माण गर्ने योजना अनुसार “द्रौपदी”को कथा तयार पारेको बताए । उनले यो चलचित्रलाई अन्तर्राष्ट्रिय महोत्सव र अवार्ड कार्यक्रममा प्रतिस्पर्धा गराएर नेपाल र नेपालीबारे विश्वमा सकारात्मक प्रचारप्रसार गराउने दाबी गरेका छन् ।“द्रौपदी” को एक महिनाको सुटिङ तालिका रहेको आचार्यले जनाकारी दिएका छन् ।