देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीआईबी प्रमुख बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

देशान्तर

काठमाडौं । सुन तस्करी प्रकरण पछि सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ ।
सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएर बिभागिय कारवाहीको सिफारिस पछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको हो । उनलाई ब्यूरोबाट हटाउने सरुवा गर्ने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गृह मन्त्रालयको छ ।

आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, सपहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई पनि कारबाही गर्न सिफारिस गरेको छ । ब्यूरोले सुनकाण्डका आरोपी जीवन चलाउनेलाई कार्यालयमा हाजिर गराएर पनि कागज मात्र गराएर छाडेको कतिपय सरकारी कर्मचारी र पूर्वसभामुख कृष्णबहादुर महरा लगायतलाई जोगाएको आरोप सीआईबीमाथि छ ।