देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधि सभाको बैठकमा  कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा 

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद प्रदीप पौडेललाई बोल्न समय दिएका थिए ।

पौडेलले गृहमन्त्री लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेको भन्दै उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्न सुझाव दिए । सांसद पौडेलले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै त्यस्तो व्यक्ति अनुसन्धान गर्ने निकायमा बसेर कसरी अनुसन्धान हुन्छ भन्दै प्रश्न गरे ।

अनुसन्धानमा रहेको घेरामा रहेका व्यक्तिले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने उनको भनाइ थियो । यस सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिन पनि पौडेलले माग गरे । बिहीबारको बैठकमा पनि कांग्रेसले गृहमन्त्रीको सम्बन्धमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ मागेको थियो उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रश्नको जवाफ नदिएर भागी हिँडेको आरोप लगाए ।

यसैबीच गृहमन्त्री लामिछानेले आफूलाई सहकारी प्रकरणसँग जोडेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नबारे आफ्नो ध्यानाकर्षण भएको प्रतिकृया दिएका छन् । उनले सभामुखबाट रुलिङ भएको खण्डमा आफू संसद्मा उभिएर जवाफ दिन तयार रहेको बताएका छन् । कांग्रेसले आजको संसदको बैठकको कार्यसूचिमा रहेको गृहमन्त्री लामिछानेले पेश गर्ने ‘राजनैतिक दल सबन्धी (दोस्रो संसोधन) विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न नदिने जनाएको छ ।