देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे नेकपा एस सरकारबाट बाहिरिने

देशान्तर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले आफनो पार्टीसंग गरेका प्रतिबद्धता पूरा नगरे असारमा सरकारबाट बाहिरिने बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे आगामी असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए ।

उनले १६५ वटा निर्वाचन क्षेत्रलाई विचार नगरेमा बजेटमा भोट नहाल्ने र प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे सरकार छाडने बताएका छन् ।