देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछानेको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग माग्यो जवाफ

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी आरोपित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ । 


बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् । 


साथै संसदमा उठेका र ठगी आरोपमा उजुरी परेका लामिछानेलाई स्वार्थ बाझिनेगरी गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने उनको माग छ ।