देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीतिक दल सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्नेमा सिटौलाको जोड

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउने विषयमा सबै राजनीतिक दल सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।


उनले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको पनि बताए । सत्ता आफ्नो ठाउँमा छोडेर देशको हितमा काम गर्न आवश्यक रहेको उनले औँल्याए । यसैगरी नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले सरकारले गैरकानुनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने काम गरिरहेको आरोप लगाए । उनले सरकार गैरकानुनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने संयन्त्र बनाउनतर्फ अग्रसर भएको आरोप लगाए ।

नेकपा (माओवादी केन्द्र)का नेताका छोराहरू गैरकानुनी कारोबारमा संलग्न भएका सूचना पटक–पटक आएको उनले उल्लेख गरे । सत्ता र शक्तिको दुरुपयोग गरी गैरकानुनी कारोबार गर्न सहज बनाउन माओवादी लागेको उनको भनाइ थियो ।