देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काम गर्न नसके रास्वपा आफैं सरकारबाट बाहिरिन्छ : वाग्ले

देशान्तर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले जोखिम मोलेर नै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनाएका छन् । बुधवार प्रधानमन्त्रीले संसदमा राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका उपाध्यक्ष समेत रहेका वाग्लेले उनले प्रधानमन्त्रीको केही गर्छु भन्ने हुटहुँटीलाई रास्वपाले जोखिम मोलेर समर्थन दिएको बताए ।


उनले आफूहरू काम गर्न सरकारमा गएको भन्दै नयाँ दल भएकाले सरकारमा नगएको भए पनि फरक नपार्ने अवस्था रहँदा रहँदै राजनीतिमा फ्रेसनेसको प्रिमियर हुने भएकाले आफूहरू सरकारमा गएको बताए । त्यसक्रममा वाग्लेले नेपाली कांग्रेसले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताए । उनले रविसँग खोजेको नैतिकता प्रधानमन्त्री प्रस्ताव गर्दा किन नखोजेको भन्दै प्रश्न गरे ।


उनले प्रधनमन्त्रीले व्यक्तिगत लिगेसीका लागि पनि गठबन्धन तोड्नु उचित भएको उनले तर्क गरे । उनले सरकारमा रहेर काम गर्न नसके रास्वपा आफैं सरकारबाट बाहिरिने बताए । उपसभापति वाग्लेले गृह मन्त्रालयमा लामिछाने आएपछि सुधारको संकेत देखिसकेको जिकिर गरे ।