देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धोखा खाएकाहरू एक ठाउँमा उभिए भने राजनेताको गद्दीको हालत के हुन्छ ? : महामन्त्री शर्मा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नसकिने स्पष्ट पारेको छ । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा महामन्त्रीले निर्वाचनका बेला जनतासँग गरेको बाचा तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका हुन् ।


जनतालाई दिएको विश्वास तोडेर प्रधानमन्त्री प्रचण्डले दलबीच मन्त्रिपरिषद् पुनर्गठन गरेर विश्वासको मत पाए पनि जनताको विश्वास जित्न नसक्ने भन्दै शर्माले जनताको विश्वास जित्नुपर्ने बताए । शर्माले कांग्रेसबारे फिँजाइएको झुठको अन्त्य गर्नुपर्ने बताए । उनले केही दिनअघिसम्म देशमा केही भएको छैन र अब फेरि राम्रै छ भन्ने राजनीतिक दल र नेताबाट कांग्रेसबारे फिँजाइएको झुठको अब अन्त्य गर्नुपर्ने बताए । पुरानो गठबन्धन ताडेर नयाँ बनाउँदा जनतासँग गरेको बाचा प्रधानमन्त्री प्रचण्डले भुलेको उनको भनाइ छ ।


महामन्त्री शर्माले कांग्रेस र एमाले मिलेर एकठाउँमा उभिए भने माओवादी तथा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालत के होला भन्दै प्रश्न गरे । शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए भने राजनेताको गद्दीको हालत के हुन्छ ? भन्दै प्रश्न गरेका हुन् । उनले यसअघि ‘नो नट एगेन’ अभियान चलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति व्यंग्य गरे । हिजो चुनावमा नजाँदै नो नट एगेन, अब यी देखिएका बुढा अनुहारहरू प्रधानमन्त्री बन्नु हुँदैन ! अहिले त खुमलटार, बालुवाटार बालकोट हुँदै एगेन एन्ड एगेन,” शर्माले भने, “सरकारमा फेरिफेरि गएपछि यसले परिपक्व बनाउँछ । सरकारमा पटकपटक गएपछि नयाँ दलका साथीहरूलाई मिसन ०८४ होइन, अब ०८०/८१ तिरै, ०८२ तिरै ध्यान हुनेछ ।”