देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आलोपालो गर्ने बारे कुनै पनि सम्झौता छैन : ओली

देशान्तर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने बारे कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन् । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन नबनेको बताए ।


ओलीले अरुलाई बेइमान भन्नुअघि आफ्नो विगत सम्झिन पनि आग्रह गरे । संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले कांग्रेसले धोका भएको भनेकामा आश्चर्य लागेको बताए ।
ओलीले आफूलाई कांग्रेससँग भनाभन गर्न मन नलागेको भन्दै आफूलाई इमानको खानी र वाचा बन्धनमा अडिएको नठान्न आग्रह गरे ।
उनले नयाँ गठबन्धन परिवर्तनका लागि बाह्य शक्तिको नाम जोड्नु बान्छनीय नभएको बताए । देशभित्रकै शक्तिले मिलेर गरेको कामलाई बाह्य शक्तिले गरेको भन्नु उचित नहुने बताए । ओलीले सम्वादमा आउन नेपाली कांग्रेसलाई आग्रह पनि गरे । पछिल्लो तीन वर्ष आफूले पटक–पटक सम्वाद गरौं न भन्दा कांग्रेसले नमानेको उनले सुनाए । देशको समस्या समाधान गर्ने, संविधान कार्यान्वयन गर्ने जस्ता विषयमा सँगै काम गर्न सकिने उनले बताए ।