देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद सहजै रुपमा चल्छ भन्ने नसोच्न सरकारलाई कांग्रेसको चेतावनी

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएकोप्रति आपत्ति जनाएको छ । काँगेसले आगामी दिनमा संसद सहजै रुपमा चल्छ भन्ने नसोच्न सरकारलाई चेतावनी पनि दिएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले तत्कालिन उपराराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुराको निराकरण नभएसम्म सदनको आगामी बैठक सहज रुपमा चल्छ भन्ने नसोच्न सरकार र सत्तारुढ गठबन्धनलाई सचेत गराएकी हुन् ।

बैठक शुरु हुने बित्तिकै बोल्दै उहाँले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएर विद्यमान कानूनमा नै उथलपुथल ल्याउने काम गरेको भन्दै यस सम्बन्धमा तत्काल जवाफ दिन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरिन् ।
उनले आफूहरूले उठाएको मागको जवाफ नआए संसद् अवरोध गर्ने चेतावनी दिइन्।