देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पीएनजीलाइ हराउदै फाइनलमा प्रवेश गरेको नेपालको फाइलनमा पनि पीएनजीसंगै भेट

देशान्तर

काठमाडौं । नेपाल त्रिकोणात्मक हङकङ टी ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । मंगलबार पीएनजीलाई ८५ रनले हराउँदै नेपाल सिरिजको फाइनल प्रवेश गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ दशमलव १ ओभरमा १ सय १३ रनमा समेटियो ।

नेपालको जितमा कुशल भुर्तेलले १२ रन खर्चिएर ४ विकेट लिए । त्यसैगरी प्रतिस जिसीले २ तथा गुलसन झा र आकाश चन्दले समान एक एक विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।
सिरिजको अन्तिम खेलमा हङकङलाई पीएनजीले १० विकेटले हराउदै नेपाल संग फाइनलमा भेट पक्का गरेको हो । हङकङले दिएको १२२ रनको लक्ष्य पीएनजीले १२ दशमलव ४ ओभरमा भेटाएको हो ।