काठमाडौं । नयाँ गठबन्धनको साझेदार नेकपा (एकीकृत समाजवादी)ले आफूले अघि सारेका मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखित सहमति जनाए मात्र विश्वासको मत दिने बताएको छ ।
सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उमेदवारलाई भोट दिने नदिने र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने बारे कुनै निर्णय गरेन् । पछि प्रमुख सचेतक मेटमणि चौधरीका अनुसार समाजबादीले प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका विषयमा लिखित सहमति जनाए मात्र सहयोग गर्ने भएको हो ।
उनले पार्टीले भनेको केही कुरामा सहमति जनाएर लिखित गरेपछि मात्र मत दिने बताए । चौधरीले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागको सुनुवाइ नभए भोट हाल्न जरुरी नरहेको बताए ।
प्रतिक्रिया