देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र हङकङबीचको खेल बर्षाले रद्ध : अंक बाँडे

देशान्तर

काठमाडौँ । नेपाल र हङकङबीचको टी-२० खेल वर्षाले प्रभावित भएपछि खेल रद्ध भएको छ । टस हारेर पहिला ब्याटिंग गरिरहेको हङकङले ८ ओभरमा २ विकेट गुमाउदै ६५ रन बनाएपछि खेल बर्षाले रोकिएको थियो ।

लगातारको वर्षापछि खेल निर्धारित समयमा सुचारु हुन नसकेपछि खेल रद्ध भएको छ र दुवै टिमले एक एक अंक बाँडेका छन् ।   यस त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेल मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने सोहि दिन दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।