देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समीक्षा ,सिडी र उमेशको स्वरमा नयाँ गीत

देशान्तर


काठमाडौं । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका समीक्षा अधिकारी द भ्वाइसका प्रथम विजेता सिडी विजय अधिकारी र युवा उद्यमी एवं कलाकार उमेश भट्टको स्वरमा ‘गर्न मन छ तमसँग’ बोलको नयाँ गीत रेकर्ड भएको छ ।


प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द, सिडी विजयको संगीत र पुष्कर खत्रीको संगीत संयोजनमा तयार भएको गीत थ्री एस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतलाई साजन साहले रेकर्डिङ एवं मिक्सिङ मास्टरिङ गरेका हुन् ।
मायाँमा डुबेका प्रेमीप्रेमिकाबीच भेट्न र मनका कुरा खोल्न आतुर रहेको भाव समेटिएको गीतका शब्दमा सुदूरपश्चिममा बोलिने देउडा भाषाका शब्द पनि प्रयोग गरिएको छ । गीतको सबै पक्ष सुन्दर बनेको संगीतकार सिडी विजय अधिकारीले बताएका छन् ।