देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा खेलमा ब्रेन्टफोर्डमाथि २-१ गोल अन्तरको जित निकाल्दै आर्सनल लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

आर्सनलको २८ खेलबाट ६४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको लिभरपुलको २७ खेलबाट ६३ अंक रहेको छ । आज लिभरपुलले म्यानचेस्टर सिटीसँग खेल्दै छ । यो खेलमा लिभरपुल विजयी भए पुनः शीर्ष स्थानमा फर्कने छ भने बराबरीले अंक बराबरी भए पनि दोस्रै स्थानमा रहने छ ।

शनिबार राति ब्रेन्टफोर्डमाथि २-१ को जित निकाल्दा डेकलन राइस र काभई हार्भेट्जले एक एक गोल गरेका थिए । ब्रेन्टफोर्डका लागि योआन विस्साले एक गोल फर्काए ।

१९ औं मिनेटमा बेन ह्वाइटको पासमा राइसले हेडर गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी टाइममा आर्सनलका गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न नसकेको बलमा विस्सालाई लागेर गोल भएपछि  खेल एक एकको बराबरीमा आएको थियो । ८६ औं मिनेटमा ह्वाइटको पासमा हार्भेट्जले गोल गरेपछि अन्ततः आर्सनल २-१ को नतिजाका साथ शीर्ष स्थानमा पनि उक्लन सफल भयो ।

प्रिमिरय लिग अन्तर्गत वुल्भ्सले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै, म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि २-० को सहज जित निकाल्दा बर्नमाउथ र सेफिल्ड युनाइटेडले २-२ गोलेको बराबरी खेलेका छन् । यस्तै क्रिष्टल प्यालेस र लुटन टाउनले पनि एक एक गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका छन् । प्रिमियर लिग अन्तर्गत आज ४ वटा खेल हुँदै छन् । नेपाली समय अनुसार पौने ७ बजे एस्टन भिल्ला र टोटनह्याम भिड्दा पौने ८ बजे ब्राइटन र नटिङघम फरेस्ट र वेस्टह्याम तथा बर्नले आपसमा भिड्ने छन् । यस्तै, राति साढे ९ बजे लिभरपुल र म्यानचेस्टर सिटीको खेल