देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानडामा साथीको छुरा प्रहारबाट ६ जना रुममेटको हत्या

देशान्तर

काठमाडौं । क्यानडामा छुरी प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ । राजधानी ओटावामा भएको घटनामा श्रीलङ्काका एक १९ वर्षीय विद्यार्थीलाई आफ्ना ६ जना रुममेटलाई छुरा प्रहार गरी हत्या गरेको क्यानडा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चार बालबालिका श्रीलंकन रहेका छन् । हत्या गर्ने १९ बर्षीय विद्यार्थीलाई भने नियन्त्रणमा लिइएको छ ।

ओटावाका प्रहरी प्रमुख एरिक स्टब्सले फाब्रिसियो डे-जोयसा भनेर चिनिने अभियुक्तले मानिसलाई धारिलो हतियारले आक्रमण गरेको बताए । उनीमाथि छ वटा फर्स्ट डिग्री हत्या र एक हत्या प्रयासको आरोप लगाइएको छ ।

मृतकहरू हालै क्यानडा आएका श्रीलंकाली नागरिक रहेको बताए । जसमा ३५ वर्षीया आमा, सात वर्षीय छोरा, चार वर्षीया छोरी, दुई वर्षीया छोरी र साढे दुई महिनाकी छोरी रहेका छन् । साथै परिवारका आफन्त अर्का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । के कारणले ती विद्यार्थीले हत्या गरे भन्ने खुलेको छैन ।