देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेसँगको गठबन्धन बनाउनुमा प्रधानमन्त्रीले दिएको तर्क लाजमर्दो : सीके राउत

देशान्तर

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहालको अविश्वसनीय चरित्र र विदेशी शक्तिको भूमिकाका कारण सत्ता समीकरण फेरिएको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले अहिले गठबन्धन फेरिनुको गहिरो कारण प्रधानमन्त्रीले नै दिन नसकेको बताए । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धन बनाउनुमा प्रधानमन्त्रीले दिएको तर्क लाजमर्दो भएको राउतले बताए । उनले १५ महिनामा तीनपटक सत्ता गठबन्धन परिवर्तन गरिएको भन्दै प्रधानमन्त्रीको यो प्रवृत्तिले राजनीतिलाई स्थिर हुनै नदिने बताए ।
बहुमत पुग्ने शक्ति जम्मा पारेर नयाँ गठबन्धन निर्माण गर्नुलाई भ्यागुते प्रवृत्ति भन्दै उन्ले प्रधानमन्त्रीको यस्तो उफ्राइले संघीय सरकार मात्र नभई सातवटै प्रदेश सरकार ढल्ने सम्भावना बढेको र त्यसको घाटा देश र जनताले ब्यहोर्नुपरेको बताए ।