देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसबाट न्याय नभएको ‘प्रचण्ड’को गुनासो

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग हुँदा इमान, अर्कोसँग जानेवित्तिकै बेइमान भन्ने नहुने बताए । राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएको उनको भनाई थियो ।


कांग्रेस संसदीय दल बैठकले आफूलाई ‘राजनीतिक बेइमान’ को संज्ञा दिएको भन्दै संसद बैठकमा सम्बोधन गर्नेक्रममा उनले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटिले आफूले यो कदम चालेको बताए । उनले नेपाली कांग्रेस गठबन्धनप्रति इमान्दार नभएको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस महासमिति बैठकमा बिनासन्दर्भ गठबन्धनको निन्दा भएको र माओवादीमाथि आक्रमण भएको बताए । उनले गठबन्धनबाट पहिलो पार्टी बनाएको बिर्सिएर गठबन्धनकै विरुद्ध महासमिति बैठकमा निष्कर्ष निकालेको कांग्रेसमाथि आरोप लगाए ।

उनले माओवादीविरुद्ध विद्रोह गर्नेहरूलाई कांग्रेसले पुरस्कृत गरेको बताए । उनले प्रधानमन्त्रीको पद जोगाउन अप्ठ्यारो नहुँदा पनि गठबन्धन फेरिएको बताए । व्यक्तिगत सम्बन्धभन्दा माथि राजनीतिक परिणाम निर्णायक हुने उनले उल्लेख गरे । प्रधानमन्त्रीका रूपमा आफूमाथि नेपाली कांग्रेसबाट न्याय नभएको उनले गुनासो गरे ।