देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डले राजनीतिक बेइमानी गरेको कांग्रेसको निष्कर्ष

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेस आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासघात गरेको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सबै गठबन्धनप्रति इमान्दार रहेको , गठबन्धनमा भएका सहमतिमा प्रतिबद्ध रहेको तर प्रचण्डले विश्वासघात गरेको बताए । प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्यौलतामा धकेलेको ठहर गर्दै साथै कांग्रेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पनि उनले बताए । यो विषय सभामुखलाई जानकारी गराउने लेखकले जानकारी दिए ।