देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाउपाले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने

देशान्तर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीय समितिको बैठकले आफूहरू अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिए ।

चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए । आफूहरू केन्द्रीय सरकारमा अहिले नगए पनि सुदूरपश्चिम प्रदेशमा दाबी रहेको उनले बताए । आफ्नो पार्टीले राजनीतिक अवस्थालाई केही समय हेर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने पनि धारणा राखे । त्यस्तै, चौधरीले टीकापुर घटनाका पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको जिकिर गरे ।