देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ यू–१६ महिला फुटबल: भारतमाथि बंगलादेशको ३-१ को जित

देशान्तर

काठमाडौँ । बंगालदेशले जारी साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ ।ललितपुरस्थित च्यासल मैदानमा मंगलबार सम्पन्न खेलमा बंगलादेशले भारतलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

जारी प्रतियोगितामा बंगलादेशको यो लगातार दोस्रो जित हो । यस अघि पहिलो खेलमा बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको थियो । यो जितपछि बंगलादेशको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै भारतको भने २ खेलमा ३ अंक रहेको छ ।

अब प्रतियोगितामा विहिबार भारत र नेपालबीच खेल हुने छ ।