काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका मन्त्रीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई हटाएका हुन् ।
माओवादीका सामाजिक विकासमन्त्री झपट साउद ,उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् । शाहले रिक्त दुई मन्त्रालय आफैँसँग राखेका छन् ।
प्रतिक्रिया