देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन मन्त्रालयको आग्रह

देशान्तर


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य र व्यवस्थितरुपमा मनाउन सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चिततामा मद्दत पुग्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साझा अभियानका रुपमा यो दिवसका रुपमा मनाउन आग्रह गरेको हो ।
मन्त्रालयले तीनै तहका सरकार, शैक्षिक संस्था, सामाजिक तथा निजी सङ्घसंस्था, नागरिक समाजलगायत सबै सरोकारवाला निकायलाई रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी दिवस मनाउन आह्वान गरेको छ । यही फागुन २५ गते ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइने भएको छ ।