देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोसपा नयाँ सत्ता समीकरणबारे पर्ख र हेरको रणनीतिमा

देशान्तर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ सत्ता समीकरणबारे पर्ख र हेरको रणनीति लिने भएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले अहिले पक्ष वा विपक्षमा कतै जाने निर्णय नगरी पर्ख र हेरको नीति लिने निष्कर्ष निकालेको हो ।

बैठकले सरकार र गठबन्धनका बारेमा थप निर्णय लिने जिम्म पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।
अहिले बनेको गठबन्धनले लोसपासँग कुरा गर्न चाहेमा त्यसको अधिकार अध्यक्ष ठाकुरलाई दिने बैठकले निर्णय गरेको छ ।