देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोश्रो राष्ट्रिय बाल नाटक मेला–२०८० जारी

देशान्तर

काठमाडौँ । नाट्यकर्मी महासङ्घ नेपालको आयोजनामा भैरहेको दोश्रो राष्ट्रिय बाल नाटक मेला–२०८० जमलस्थित सांस्कृतिक संस्थानमा जारी छ । शुक्रबार सुरु भएको मेला फागुन २७ गतेसम्म चल्ने छ । नाटक मेलाको पूर्व वाणिज्यमन्त्री एबं नेपाली कांग्रेसका प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले उद्घाटन गरेका थिए ।

नाटक मेलाको उद्घाटन सत्रमा ग्लाडस्टोन एकेडेमी भक्तपुरको प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटक ‘गीता’ को मञ्चन गरिएको थियो । खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेको महासङ्घका महासचिव जेबि डिसीले जानकारी दिएका छन् ।


कक्षा ८ देखिमाथि विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले गर्ने नाटकको समयावधि बढीमा ३० देखि ३५ मिनेटको रहेको छ । राष्ट्रिय बाल नाटक मेलामा प्रतियोगिताको विजेता नाटकलाई एक लाख रुपियाँ ट्रफी तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताका लागि अवसर प्रदान गरिने भएको छ ।