देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ यू–१६ महिला फुटबलमा नेपाल र भुटान भिड्दै

देशान्तर

काठमाडौं । राजधानीमा जारी साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । एन्फा मैदान सातदोवाटोमा दिउँसो ३ बजे हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ । नेपाल र भुटान दुवै टिम पहिले जितको खोजिमा छन् ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरको थियो भने भुटान भारतसँग ७–० ले स्तब्ध भएको थियो ।  प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत समूह चरणमा एकले अर्कासँग खेलेपछि शीर्ष २ टिमले उपाधि भिडन्त गर्ने छन् । नेपालले समुह चरणको अन्तिम खेलमा बिहीबार भारतसँग खेल्ने छ । यस्तै, मंगलबार भारत र बंगलादेश आमने सामने हुँदा, शुक्रबार भने बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।